images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • होटल तथा पर्यटन क्षेत्रका सात कम्पनी...

होटल तथा पर्यटन क्षेत्रका सात कम्पनी आईपीओ ल्याउने तयारीमा

होटल तथा पर्यटन क्षेत्रका सात कम्पनी आईपीओ ल्याउने तयारीमा

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । सात वटा होटल साधारण शेयर (आईपीओ) ल्याउने तयारीमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को आईपीओ पाइपलाइनमा होटल तथा पर्यटन क्षेत्रबाट ७ वटा कम्पनी रहेका छन् ।सेबोनका अनुसार होटल तथा पर्यटन क्षेत्रका सात कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ ल्याउन लागेका हुन् । यी कम्पनीहरूले आईपीओ निष्कासन गर्न स्वीकृति माग गर्दै सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेको छन् ।

    images
    images

    एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यसका साथै होटल फरेष्ट इन लिमिटेडले ९८ करोड बराबरको ९८ लाख कित्ता आईपीओ ल्याउने तयारी गर्दा अर्किड होल्डिङ्स लिमिटेडले १ अर्ब १५ करोड बराबरको १ करोड १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।त्यस्तै, अन्नपूर्ण केबलकारले ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ ल्याउने तयारी गर्दा बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडले ३० करोड ६० लाख बराबरको ३० लाख ६० हजार कित्ता ल्याउने भएको छ ।

    यस्तै, आकामा होटल लिमिटेडले २२ करोड ५० लाख बराबरको ४५ लाख कित्ता र ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको सेबोनले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend