images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • टाटा पञ्चले तोड्यो मारुतीको ४० वर्षे...

टाटा पञ्चले तोड्यो मारुतीको ४० वर्षे वर्चस्व, बन्यो नम्बर १ कार उत्पादनकर्ता

टाटा पञ्चले तोड्यो मारुतीको ४० वर्षे वर्चस्व, बन्यो नम्बर १ कार उत्पादनकर्ता

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौँ । भारतमा टाटा मोटर्सले मारुतीलाई पछि पार्दै नम्बर १ कार उत्पादनकर्ता भएको छ। टाटा पञ्च गाडीले मारूतीको ४० वर्ष लामो वर्चस्व तोडेको हो।यसले भारतको गाडी बजारमा ऐतिहासिक परिवर्तन आएको बताइएको छ।सन् २०२४ मा टाटा मोटर्सको 'पञ्च' देशकै सबैभन्दा धेरै बिक्री हुने कार बन्न सफल भएको हो।

    images
    images

     मोटर्सले दुई लाख दुई हजार पञ्च बिक्री गरेको थियो। तर यो समयमा सुजुकीको वागन आर कारले एक लाख ९१ हजार युनिट उत्पादन गरेको छ।टाटा मोटर्सका प्रमुख शैलेश चन्द्रका अनुसार सन् २०२४ मा भारतमा गाडीको कुल बिक्री ४३ लाख पुग्ने अनुमान गरिएको थियो। विशेष गरी स्पोर्ट युटिलिटी सवारी (एसयुभी) को मागमा उल्लेखनीय वृद्धि भएको छ।

    सन् २०२१ मा लन्च भएको टाटा पञ्चले आकर्षक डिजाइन, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ३.८ मिटर लम्बाइ र सशक्त उपस्थितिका कारण लोकप्रियता कमाएको बताइएको छ।बजारमा साना कार किन्ने ग्राहकहरूको प्राथमिकता एसयुभीतर्फ मोडिँदा पञ्चले नयाँ खण्डमा नेतृत्व लिन सफल भएको उल्लेख छ।

    images
    images

    टाटा पञ्च मासिक १० हजारभन्दा बढी युनिट बिक्री गर्दै २०२२ मा नै शीर्ष १० मा प्रवेश गरेको थियो।मूल्य, डिजाइन र सुविधाका हिसाबले हुन्डाईको 'एक्स्टर' जस्तै भए पनि २०२४ मा पञ्चले दोब्बर बिक्री गर्दै आफ्नो पकड मजबुत बनाएको हो।

    टाटा पञ्चको यो उपलब्धिले भारतीय बजारमा एसयुभी युगको प्रारम्भ भएको देखाएको छ। ग्राहकहरू आकर्षक डिजाइन, सुरक्षित सवारी र उन्नत प्रविधिमा आकर्षित भइरहेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend