images

२०८३ आश्विन २४ गते

images
images
images

‘गरिमा समृद्धि योजना’का इकाइहरू बाँडफाँड सम्पन्न

‘गरिमा समृद्धि योजना’का इकाइहरू बाँडफाँड सम्पन्न

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” इकाईहरु बाँडफाँड गरिएको छ ।

    images
    images

    बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य रु.१० दरका १० करोड इकाईहरु २०८१ पौष ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।

    निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ ।

    images
    images

    इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’को अधिनमा रहि आज पुष १८ गते बिहानको ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरिएको छ ।बीज पूँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend