काठमाडौं । साताको तेस्रो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । यो सेसनमा ०.९३ अंकले बढ्दै नेप्से २५७७.४३ अंकमा उक्लिएको छ ।
झिनो अंकले परिसूचकमा बृद्धि भएपनि यो सेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २९ कम्पनीमध्ये १० को मूल्य बढ्दा १५ को मूल्य घट्यो । ४ कम्पनीको भने स्थिर रह्यो ।निरन्तर गिरावटको प्रभाव यो सेसनमा खास सेयर किनबेच भएन । जम्मा ४ हजार १३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २७ लाख ६ हजार रुपैयाँमै सीमित भयो ।
यसअघि मंगलबार नेप्से ३३.०८ अंकले घट्दै २५७६.५० को बिन्दुमा ओर्लिएको थियो । नेप्से उच्च अंकले गिरावट भएपनि मंगलबार कारोबार रकममा भने बृद्धि भएको थियो ।विशेषगरी निरन्तर गिरावटका बिच लगानीकर्ता बेच्च उत्साहित हुँदा कारोबार रकम बढ्न पुगेको थियो । जसको प्रभाव आजको कारोबारमा पनि पर्ने सम्भावना छ ।




.gif)





