काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




.gif)





