images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • आजसम्म कायम सेयरधनीले पाउनेछन् यी ३...

आजसम्म कायम सेयरधनीले पाउनेछन् यी ३ कम्पनीको लाभांश,कुनले कति प्रतिशत दिदै ?

आजसम्म कायम सेयरधनीले पाउनेछन् यी ३ कम्पनीको लाभांश,कुनले कति प्रतिशत दिदै ?

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं ।  तीन कम्पनीहरुको लाभांश सरक्षित गर्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ । 

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिमा विकास बैंक, नेपाल टेलिकम र बुटवल पावरले भोलि अर्थात पुस १८ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आज पुस १७ सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी ३ वटा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त प्राप्त गर्न सक्नेछन्।

    गरिमा विकास बैंकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव छ। प्रस्तावित लाभांश अनुमोदन गर्न बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभा यही पुस २९ गते पोखराको पोखरा ग्रान्डी होटलमा बिहान साढे १० बजे बोलाएको छ।

    images
    images

    यसैगरी नेपाल टेलिकमले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश पारित गर्न कम्पनीले आफ्नो १७ औं वार्षिक साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा यही पुस २८ गते बिहान १० बजे बोलाएको छ।

    यसैगरी बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो ३२ औँ वार्षिक साधारणसभा यही पुस २६ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बोलाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend