images

२०८३ कार्तिक २ गते

images
images
images
  • अन्य
  • किशोर श्रेष्ठ र हिमेश पन्तबीच साइबर...

किशोर श्रेष्ठ र हिमेश पन्तबीच साइबर ब्युरोमा छलफल, दुवैले सार्वजनिक गरे आआफ्नो धारणा

किशोर श्रेष्ठ र हिमेश पन्तबीच साइबर ब्युरोमा छलफल, दुवैले सार्वजनिक गरे आआफ्नो धारणा

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तबीच प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोमा छलफल भएको छ। छलफलपछि श्रेष्ठ घर फर्किएका छन् भने दुवै पक्षले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा सार्वजनिक गरेका छन्।

    images
    images

    पन्तले जनआस्था साप्ताहिकमा प्रकाशित जग्गासम्बन्धी समाचारमा उल्लेख गरिएका कागजात तथा आरोप आफ्नो नभएको दाबी गरेका छन्। आफू र आफ्नो परिवारसँग जोडेर प्रस्तुत गरिएका कागजातको जाँच गर्ने तथा गलत प्रमाणित भए सामग्री हटाएर सच्याउने विषयमा श्रेष्ठ सहमत भएको उनको भनाइ छ।

    सामाजिक सञ्जालमा पन्तले आफूले समाचारमा उल्लेख गरिएका कागजात र आरोपबारे स्पष्ट धारणा राखेको उल्लेख गर्दै सम्बन्धित कागजातको सत्यतथ्य जाँच हुनुपर्ने बताएका छन्। उनका अनुसार यस विषयमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोले समन्वय गर्नेछ। उनले सत्यको लडाइँ जारी रहने पनि बताएका छन्।

    images
    images

    यता, पत्रकार श्रेष्ठले समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न वा सञ्चार उपकरण जफत गर्न नपाइने सर्वोच्च अदालतको आदेशको मान्यता पुनः स्थापित भएको दाबी गरेका छन्।

    श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्नुपर्ने बताएका छन्। सञ्चारमाध्यम विरुद्धका विषयमा छिनोफानो गर्ने निकाय साइबर ब्युरो नभएको उल्लेख गर्दै उनले पन्तलाई कुनै गुनासो भए प्रेस काउन्सिल जान आग्रह गरेका छन्।

    श्रेष्ठले सामाजिक सञ्जालमा आफूहरूमाथि व्यक्तिगत लाञ्छना लगाउने टिप्पणी भएको तथ्य पन्तले स्वीकार गरेको दाबीसमेत गरेका छन्।

    छलफलपछि घर फर्किएका श्रेष्ठले प्रेस जगतको एकता पुनः प्रदर्शन भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

    समाचारको विषयलाई लिएर उत्पन्न विवादमा दुवै पक्षले आआफ्नो दाबी सार्वजनिक गरेका छन्। प्रकाशित कागजातको सत्यतथ्य र समाचारमा उल्लेखित विवरणको आधिकारिक पुष्टि भने सम्बन्धित जाँच तथा प्रक्रियाबाट स्पष्ट हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend