images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सेयर बजार ३६.३२ अंकले...

सेयर बजार ३६.३२ अंकले घट्यो, फाइनान्स समूहमा पहिरो

सेयर बजार ३६.३२ अंकले घट्यो, फाइनान्स समूहमा पहिरो

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो ।

    images
    images

    बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार घट्दा १८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । २२३ कम्पनीको सेयरमूल्य घटेको छ । नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे ।पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता सेयर खरिद बिक्री भएको छ ।

    images
    images

    समूहगत उपसूचकतर्फ अन्य समूहको सेयर ०.०६ प्रतिशतले बढेको छ । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend