धादिङ । धादिङको धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरिएको छ ।लायन्स क्लब अफ काठमाडौं, ईन्द्रायणी खुसिबुले सो विद्यायलमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत न्यानो कपडा वितरण गरेको हो । यस विद्यालयका विद्यार्थीहरु मध्ये ९० प्रतिशत विद्यार्थी दलित समुदायका रहेको र अति न्यून आय भएका छन् ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रका बिच लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल, रमेश अधिकारी, बालकृष्ण बुर्लाकोटी, निरा बज्राचार्य, सलिना दहालले विद्यालयका प्रधान अध्यापिका देवी पौडेललाई शैक्षिक सामग्री हस्तान्त्रण गर्नुभएको थियो ।यता लायन्स क्लब अफका अध्यक्ष अमरराज सुवालले दलित र अति न्यून आय भएका विद्यार्थीहरुको बाहुल्यता रहेकाले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक वातावरण सुधार र बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजना बनाई उक्त कार्यक्रम अघि बढेको जानकारी दिनुभयो । साथै समाजको आवश्यकता अनुसार नै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुवालको भनाइ छ ।
आगामि दिनमा पालिकाको शिक्षाको गुणस्तर बढाउने र पूर्वाधार विकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्दै लायन्स क्लवलाई विद्यालय र बालबालिकालाई गरेको सहयोग प्रति विद्यालयका प्र.अ. पौडेलले आभार व्यक्त गर्नुभयो ।विद्यालयका प्र.अ पौडेलले आफु विद्यालयमा आएको दिनबाटै विद्यालयको अवस्था सुधार गर्न लागि परेको जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लबका भाइस डिष्टिक्ट गभर्नर रमेश अधिकारी, इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी निरा बज्राचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पालिका शिक्षा विभागका सदस्य, अविभावकहरुका साथै लायन्स क्लबका विभिन्न तहका पदादिधारीहरुको उपस्थिति रहेको थियो ।




.gif)





