images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • विद्यार्थीको भविष्यप्रति चिन्ता, क्याम्पसमै खुल्यो बिजनेस...

विद्यार्थीको भविष्यप्रति चिन्ता, क्याम्पसमै खुल्यो बिजनेस इन्कुवेसन सेन्टर

विद्यार्थीको भविष्यप्रति चिन्ता, क्याम्पसमै खुल्यो बिजनेस इन्कुवेसन सेन्टर

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • हेटौंडा । तीन तहका सरकारले उद्यमीको स्तर हेरेर कुन मोडेलमा उनीहरुलाई उद्यमशील बनाउने हो भनेर योजना बनाउनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको देखिन्न । कामको खोजीमा भौँतारिएका युवालाई उद्यमशील बनाउने कार्यक्रममा समेट्न सकियो भने मुलुकको समृद्धिको यात्रामा सहयोग पुग्न सक्छ ।

    images
    images

    यही तथ्यलाई मनन् गरेर हेटौंडा–२ मा अवस्थित देशकै प्रतिष्ठित मकवानपुर बहुमुखी क्याम्पसले नयाँ अवधारणा अगाडि सारेको छ । क्याम्पसले बिजनेस इन्कुवेसन सेन्टर स्थापना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हालको पाठ्यक्रमले प्रभावकारीरुपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकिने दाबी गरे । उनले समयानुकूलरुपमा शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए ।

    क्याम्पसमा स्थापना भएको बिजनेस इन्कुवेसन सेन्टर उद्घाटन गर्दै मुख्यमन्त्री लामाले बजारको मागअनुसार व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्नु आवश्यक रहेको बताए । उनले वर्तमान समयमा परम्परागत् शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने भन्दै शिक्षालाई समयअनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने धारणा राखे । सेन्टरले व्यावसायिक जनशक्ति उत्पादन गर्ने र विद्यार्थी लाभान्वित हुनेमा मुख्यमन्त्री लामाले विश्वास व्यक्त गरे ।

    images
    images

    बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न, केही छैन भन्ने सोच बदल्नु जरुरी रहेको बताए । विद्यार्थी पलायन हालकै गतिमा हुने हो भने निकट भविष्यमा नेपाल वृद्धाश्रमको देश बन्ने उनले ठोकुवा गरे । इन्क्युवेसन सेन्टरमार्फत् व्यावसायिक जनशक्ति उत्पादन गरी देशमै बसेर केही गर्न सक्छौं भन्ने सोच विकास गर्ने गरी काम गर्न उनले आग्रह गरे ।

    क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्त पौडेलले विगतका अन्य इन्कुबेसनमा सहभागी व्यक्ति (इन्कुबेटिज) हरु यतिखेर उद्यमीमा रुपान्तरण भएकामात्र छैनन्, उद्यमशीलतामार्फत् स्वदेश तथा विदेशमासमेत उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताए । ‘इन्कुबेसनलाई एउटा अभियानकै रुपमा लैजाने क्याम्पसको योजना छ,’ उनले थपे –बिजनेस इन्कुवेसन सेन्टरले हाम्रा कलेजका विद्यार्थीको व्यावसायिक रुचि र क्षमता अभिवृद्धि गर्दै उद्यमशीलतातर्फ प्रेरित गर्नेछ ।

    उनले सिप तथा नौलो व्यावसायिक योजना भएका तर आर्थिक र उचित वातावरण अभाव भएका विद्यार्थीलाई पछिल्लो समय शैक्षिक प्रतिष्ठान तथा निजी क्षेत्रका इन्कुबेसन सेन्टरले सेवा दिँदै आएको दृष्टान्त दिए । ‘नवीनतम् सोच र व्यावसायिक योजना भएका युवासँग स्टार्टअपका लागि धेरै कुरामा अलमल हुन्छ । त्यही भएर बिजनेस इन्कुबेसन सेन्टरमार्फत् उनीहरुलाई उद्यमशील बनाउनका लागि मद्धत गरिनेछ । उनले अर्निङ एण्ड लर्निङ (कमाउँंदै पढ्दै) को अवधारणालाई साकार बनाउन सेन्टरले रोजगारदाताहरुसँग सम्पर्क र समन्वय गर्ने बताए । ‘कार्यक्रमलाई प्रभावकारी बनाउन नमूना सम्वद्र्धन केन्द्र सञ्चालन गरिनेछ भने प्रादेशिक सरकार र उपमहानगरले व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्ने वातावरणका लागि आवश्यक समन्वयसमेत गर्दैछौं,’ उनले भने ।

    उद्योग संघ, उद्योग वाणिज्य संघ, प्रदेश सरकार र संघीय सरकारका औद्योगिक प्रवर्धन केन्द्रसँग जोडिएर विद्यार्थीको व्यावसायिक क्षमता बढाउन तालीम तथा प्रशिक्षण आयोजना गरिने उनको कथन छ । अध्यक्ष पौडेलका अनुसार बिजनेस इन्कुबेसन सेन्टरका सेवाहरुमा कार्यकक्ष (वर्क स्टेसन) र कम्प्युटरलगायत कार्यालयसम्बन्धि उपकरण एवम् इन्टरनेट र सञ्चार सुबिधा, व्यावसायिक योजना निर्माण तालीम तथा व्यावसायिक सोचको विकास, पुँजी व्यवस्थापनसम्बन्धि परामर्श, बजार व्यवस्थापन तथा लेखासम्बन्धि प्रशिक्षण र परामर्श सेवा, प्राविधिक प्रशिक्षण, परामर्श, प्रयोगशाला प्रयोग र परीक्षणसम्बन्धि सुबिधाका लागि सहयोग, व्यवसाय स्थापनासम्बन्धि कानुनी तथा प्रशासनिक सहायता, बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी परामर्श र सहयोग, औद्योगिक भ्रमणबाट उद्यमशीलता तथा प्रविधिबारे ज्ञान, सम्वद्र्धन अवधि पूरा भएपछि पनि सम्पर्क, अनुगमन, परामर्श र सहयोगको नियमित व्यवस्था र व्यावसायिक पहिचान विस्तार गर्न सहयोगलगायत छन् ।

    कार्यक्रममा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले विद्यार्थीमा पढाइ र क्षमता अभिवृद्धिसँगै सिप र रोजगारी सिर्जना गर्न इन्क्युवेसन सेन्टरले सहयोग पु¥याउने बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend