images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • कृषि विकास बैंकसहित नेप्सेले गर्‍यो...

कृषि विकास बैंकसहित नेप्सेले गर्‍यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति?

कृषि विकास बैंकसहित नेप्सेले गर्‍यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति?

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार सात कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।नेप्सेमा कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको मूल्य समायोजन भएको हो।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक आइतबार क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

    images
    images

    त्यस्तै, छिमेक लघुवित्तको ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत, जीवन विकास लघुवित्तको १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो।

    समायोजनपछि कृषि विकास बैंकको सेयरमूल्य ३२४ रूपैयाँ १७ पैसा, मितेरीको मूल्य ६३५ रूपैयाँ ३९ पैसा, महालक्ष्मी विकासको ३७७ रूपैयाँ ६७ पैसा, छिमेकको ८६१ रूपैयाँ २० पैसा, आत्मनिर्भर लघुवित्तको ५ हजार ७१५ रूपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रूपैयाँ ७ पैसा र चिलिमेको ५१८ रूपैयाँ १८ पैसा कायम भएको छ।

    आइतबार दोस्रो बजारमा कृषि विकास बैंकको ३३३ रूपैयाँ ९० पैसा, मितेरीको ६९५ रूपैयाँ ८० पैसा, महालक्ष्मी विकास बैंकको ३८९ रूपैयाँ, छिमेक लघुवित्तको ९३० रूपैयाँ १० पैसा, आत्मनिर्भर लघुवित्तको ६ हजार ५३० रूपैयाँ, जीवन विकास लघुवित्तको १ हजार ५७१ रूपैयाँ र चिलिमे हाइड्रोपावरको सेयर मूल्य ५७० रूपैयाँमा अन्तिम कारोबार भएको थियो।

    यही समायोजित मूल्यलाई आधार मानेर मंगलबारबाट सबै कम्पनीको दास्रो बजारमा कारोबार खुल्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend