images

२०८३ आश्विन १६ गते

images
images
images

नबिल म्युचुअल फन्डको नाफा घट्यो

नबिल म्युचुअल फन्डको नाफा घट्यो

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको मंसिर महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

    images
    images

    कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल ब्यालेन्स्ड फन्ड–२, नबिल ब्यालेन्स्ड फन्ड–३ र नबिल फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। कात्तिकको तुलनामा मंसिरमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।

    मंसिरमा ब्यालेन्स्ड फन्ड–२को न्याभ घटेर ११.३३ रुपैयाँ कायम भएको छ। कात्तिकमा न्याभ ११.६७ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि घटेर मंसिरमा १ अर्ब १७ करोड रुपैयाँमा झरेको छ। कात्तिकमा कुल लगानी १ अर्ब २५ करोड रुपैयाँ थियो। गत कात्तिकमा १८ करोड २५ लाख रुपैयाँले नाफामा रहेको यो योजनाले मंसिरमा भने १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    images
    images

    यसैगरी गत कात्तिकमा ब्यालेन्स्ड फन्ड–३ को ११.६४ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा घटेर ११.१७ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर मंसिरमा १ अर्ब २५ करोड कायम भएको छ। कात्तिकमा कुल लगानी १ अर्ब ३२ करोड रुपैयाँ थियो। गत कात्तिकमा २१ करोड ९३ लाख रुपैयाँले नाफामा रहेको यो योजनाले मंसिरमा भने १६ करोड १२ लाख रुपैयाँ कमाएको छ।

    गत कात्तिकमा फ्लेक्सी क्याप फन्डको ११.६४ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा घटेर ११.३० रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर मंसिरमा ६७ करोड ५ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ६५ करोड ७५ लाख रुपैयाँ थियो। गत कात्तिकमा ९ लाख ५४ हजार रुपैयाँले नाफामा रहेको यो योजनाले मंसिरमा भने ६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend