सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार २ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार पुनः २ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य आइतबार पनी सोही मूल्यमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।




.gif)





