images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • २१.१२ अंकले घट्यो नेप्से, ५...

२१.१२ अंकले घट्यो नेप्से, ५ अर्ब ४७ करोडको कारोबार

२१.१२ अंकले घट्यो नेप्से, ५ अर्ब ४७ करोडको कारोबार

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ ।

    images
    images

     अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने १ बजे २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घट्न पुग्यो ।

    कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो ।

    images
    images

    माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend