काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने घोषणा गरेको छ। यससँगै, कम्पनीले आफ्नो सातौं वार्षिक साधारणसभा समेत बोलाएको छ।
साधारणसभा पुस १८ गते चितवनको होटल स्टार, रत्ननगर नगरपालिका १ मा दिउँसो साढे २ बजे बस्नेछ।
यस सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने योजना बनाएको छ। साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित हुने छ।




.gif)





