images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • त्रिविको ५० औँ दीक्षान्त समारोह दशरथ...

त्रिविको ५० औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा हुँदै

त्रिविको ५० औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा हुँदै

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५० औँ दीक्षान्त समारोहको शनिबार हुँदैछ।

    images
    images

    त्रिविले आज पत्रकार सम्मेलन गरी दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए।

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ। उनका अनुसार समारोहमा यस पटक १४ हजार ३०८ विद्यार्थी दीक्षित हुँदै छन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।

    images
    images

    परीक्षा नियन्त्रक जोशीले गत वर्ष भन्दा यस पटक २ हजार भन्दा बढी विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए।

    स्नातक तर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिल तर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ १ सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन्।

    ‘गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइ सकेका छौँ,’ उनले भने, ‘यसपटक गत वर्षभन्दा २ हजार बढी विद्यार्थी दीक्षित हुँदै छन्।’

    परीक्षा नियन्त्रक जोशीले आगामी वर्ष देखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्ने गरी तयारी गरिएको बताए। समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार वितरण गरिने उनले जानकारी दिए। दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा राम प्रसाद यादव रहनेछन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायत विद्यार्थी र अभिभावकको सहभागिता रहनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend