images

२०८३ आश्विन १६ गते

images
images
images

बागलुङ गुल्मी जोड्ने सडक निर्माण पाँच वर्षदेखि बन्न् सकेन

बागलुङ गुल्मी जोड्ने सडक निर्माण पाँच वर्षदेखि बन्न् सकेन

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • बागलुङ, १० पुस, ढोरपाटन । बागलुङको मालढुङ्गा देखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ ।

    images
    images

    निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो ।

    मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो ।

    images
    images

    सडक कालोपत्रका लागि पाँच वर्ष अगाडि क्याराभान एण्ड शर्मा जेभीले ठेक्का लिएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेश रिगलले जानकारी दिए ।

    उनीका अनुसार निर्माण कम्पनीले रु २८ करोड ५८ लाख ५७ हजार आठ सय १७ मा ठेक्का लागेको थियो।

    विसं २०७८ मा सम्पन्न गर्ने गरी जिम्मा लिए पनि चार पटक सम्म म्याद थप गर्दा करिब ५८ प्रतिशत मात्रै भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

    आगामी चैत मसान्त सम्मका लागि अन्तिम पटक म्याद थप गरे पनि फिल्डमा काम सुरु नभएको उनको भनाइ छ ।

    जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले निर्माण कम्पनीलाई बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गरेको बताए ।

    ट्रयाक खुलेको १५ वर्ष बित्न लाग्दासम्म सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

    दैनिक सयौँ यात्रुले यात्रा गर्ने सडक साँघुरो र अप्ठ्यारो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend