images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • लाभांश पारित गर्न कृषि विकास बैंकले...

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो एजिएम,बुक क्लोज कहिले ?

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो एजिएम,बुक क्लोज कहिले ?

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं ।लाभांश पारितलाई मुख्य एजेण्डासहित कृषि विकास बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा बेलाएको छ। 

    images
    images

    बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा पुस २९ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा बेलाएको हो।

    सभाले सेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ।

    images
    images

    यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै बोनस सेयर वितरणपछि जारी र चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।सभा प्रयोजनका लागि बैंकले पुुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend