images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकले बोलायो साधारण सभा एफपीओ...

हिमालयन बैंकले बोलायो साधारण सभा एफपीओ प्रस्ताव सहित पुस १८ मा बुक क्लोज

हिमालयन बैंकले बोलायो साधारण सभा एफपीओ प्रस्ताव सहित पुस १८ मा बुक क्लोज

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौंः हिमालयन बैंक लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ। बैंकको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले सभा काठमाडौँको भद्रकाली स्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजे गर्ने निर्णय गरेको छ।

    images
    images

    यस पटकको सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन। सभामा बैंकको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको चयन गर्ने, र विभिन्न खर्च अनुमोदनका एजेन्डा राखिएको छ।

    थप रूपमा, बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्कासन) प्रिमियममा जारी गर्ने प्रस्ताव राखेको छ। एफपीओ निष्कासन पछि जारी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले त्यस अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विषय पनि सभामा पेस हुनेछ।

    images
    images

    साधारण सभाका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, पुस १७ गते सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend