images

२०८३ आश्विन १७ गते

images
images
images

डिप्रोक्स लघुवित्तको साधारणसभा पुस २६ गते

डिप्रोक्स लघुवित्तको साधारणसभा पुस २६ गते

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २६ गते शुक्रबार आफ्नो तेइसौं वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। सभा चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेबाट शुरु हुनेछ।

    images
    images

    लाभांश वितरण प्रस्ताव
    सभामा कम्पनीले आफ्नो चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    वित्तीय विवरण र लेखापरीक्षक नियुक्ति
    गत आवको वार्षिक प्रतिवेदन र अन्य वित्तीय विवरणहरू सभामा पारित गरिनेछन्। साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयमा पनि निर्णय गरिनेछ।

    images
    images

    सञ्चालक निर्वाचन
    सभामा तीन जना सञ्चालकको निर्वाचन पनि गरिनेछ।

    प्रबन्धपत्र र मर्जर प्रस्ताव
    बोनस सेयर वितरण पछि चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य लघुवित्त संस्थासँग मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    बुक क्लोज मिति
    सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend