images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने...

गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मङ्सिर १९ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको थियो।

    images
    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गर्दा बाँकी बसेको खण्डमा बाँकी बसेको आईपीओ समेत जोडी सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ जारी हुनेछ।पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend