images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर...

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय कम्पनीको १ पुसमा बसेको साधारणसभाले गरेको हो ।

    images
    images

    हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ ।

    सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाइएको छ ।यसरी संकलित रकम ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने पनि कम्पनीले जनाएको छ ।

    images
    images

    हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय भएको पनि कम्पनीले जनाएको छ  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend