images

२०८३ आश्विन १७ गते

images
images
images

तारागाउँ रिजेन्सीको साधारणसभा पुस २४ गते

तारागाउँ रिजेन्सीको साधारणसभा पुस २४ गते

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले पुस २४ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर बाहेक ११ प्रतिशत नगद लाभांश तिवरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ४ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend