images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • अप्पर सोलु हाइड्रोको नवौं वार्षिक...

अप्पर सोलु हाइड्रोको नवौं वार्षिक साधारणसभा हुँदै

अप्पर सोलु हाइड्रोको नवौं वार्षिक साधारणसभा हुँदै

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान १० बजे सुरु हुनेछ।

    images
    images

    यो साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन लगायत वित्तीय विवरणहरू छलफल र अनुमोदनका लागि प्रस्तुत गरिनेछ। यद्यपि, यस वर्ष कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।

    साधारणसभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै, सञ्चालकको बैठक भत्तासम्बन्धी प्रस्ताव अनुमोदन गर्ने र चार जना सञ्चालकको निर्वाचन सम्पन्न गरिनेछ।

    images
    images

    सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस ७ गतेसम्म नामावलीमा दर्ता भएका शेयरधनीहरूले साधारणसभामा भाग लिन पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend