images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत...

कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत गर्ने सवा ८ लाख बचतकर्ता

कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत गर्ने सवा ८ लाख बचतकर्ता

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ ।  कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ ।

    images
    images

    सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या र उनीहरुले बचत गरेको रकमबारे विभागले तथ्यांक मागेको थियो ।

    सोही क्रममा विभागलाई उपलब्ध तथ्यांकअनुसार कोशी प्रदेशका सहकारी संस्थामा साना (पाँच लाख भन्दा कम बचत गर्ने) बचतकर्ताको संख्या करिब सवा ८ लाख रहेको देखिएको हो ।

    images
    images

    यस्तै, उक्त प्रदेशका सहकारीमा तीन लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या ८ लाख ८ हजार ४ सय ३९ र पाँचलाख सम्म बचत गर्ने १३ हजार ८ सय ७२ जना रहेका छन् । यी सबै जोडेर पाँच लाख रुपैयाँसम्म संकलन गर्ने बचतकर्जाको संख्या करिब सवा ८ लाख र बचत रकम करिब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend