images

२०८३ कार्तिक १ गते

images
images
images

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

images
images
शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • म्याग्दी, ३१ असोज । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ । 

    images
    images

    बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा आजदेखि सुक्खा पहिरो खस्न थालेपछि जोखिम भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।  

    सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरेर यातायात सञ्चालन गरिने बताउनुभयो । बेनी–दरबाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ। 

    images
    images

    सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जानेहरूलाई समस्या भएको छ । फापरखेतमा विस २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । शनिबार यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend