images

२०८३ कार्तिक १ गते

images
images
images

गोरखा दरबारबाट हनुमानढोकामा पठाइयो फूलपातीसहितको डोली

गोरखा दरबारबाट हनुमानढोकामा पठाइयो फूलपातीसहितको डोली

images
images
शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ।

    images
    images

    गोरखा दरबारका नायब सुब्बा हरि सारूका अनुसार शुभसाइतमा बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो।

    गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको फूलपातीसहितको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले जानकारी दिए।

    images
    images

    गोरखा दरबारबाट हनुमानढोका दरबारमा फूलपाती पठाउने परम्पराले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। बडादसैँको अवसरमा मनाइने यस परम्पराले गोरखा र काठमाडौँबीचको ऐतिहासिक सम्बन्धलाई समेत स्मरण गराउँछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend