images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं ।  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले खुलाएको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ ।

    images
    images

    वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहानसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.२४ गुणा बढी आवेदन हो ।

    कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    images
    images

    न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend