images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले ‘नेपाल...

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले ‘नेपाल पे’मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले ‘नेपाल पे’मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका मर्चेन्टहरुले  ‘नेपाल पे’मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको हो । 

    images
    images

    सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

    नेपाल पे क्युआर हालसम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन् । खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend