images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा...

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं।  लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।
     
    बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ।
     
    स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन्।
     
    स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ।हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend