images

२०८३ कार्तिक २ गते

images
images
images

बैंकिङ निक्षेपमा एकैदिन ७ अर्बको वृद्धि

बैंकिङ निक्षेपमा एकैदिन ७ अर्बको वृद्धि

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । पछिल्लो समय बैंकिङ निक्षेपमा एकैदिन ७ अर्बको वृद्धि देखिएको । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १९ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिन बैंकिङ प्रणालीमा ६६ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।

    images
    images

    त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन ७ अर्ब अर्ब रुपैयाँले नै बढेको छ। मंसिर १८ गते ५९ खर्ब २ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले १९ गते ५९ खर्ब ९ अर्ब संकलन गरेका छन् । सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । मंसिर १८ गते ५३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १९ गते ५३ खर्ब १२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

    त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि ३ अर्बले बढेको छ । अघिल्लो दिन ४७ खर्ब २ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले १९ गते ४७ खर्ब ५ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.६१ प्रतिशत रहेको छ । त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend