images

२०८३ कार्तिक २ गते

images
images
images

१ अर्ब ३७ करोड ब्याजमा कर्मचारी सुरक्षण कोषको ब्याजमा लगानी गदै राष्ट्र बैंक

१ अर्ब ३७ करोड ब्याजमा कर्मचारी सुरक्षण कोषको ब्याजमा लगानी गदै राष्ट्र बैंक

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं  । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब ३७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

    images
    images

    बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्न लागेको जानकारी दिएको छ । केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्तका लागि आह्वान गरेको छ।

    कुल रकममध्ये १ अर्ब ९ करोड ६० लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि छुट्टाइएको छ भने ‘ख’ वर्गको विकास बैंकहरुका लागि २० करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूका लागि ६ करोड ८५ लाख रुपैयाँ छुट्टाइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले मङ्सिर २४ गते बिहान १० बजेदेखि ३ बजेसम्ममा अनलाइन आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

    images
    images

    यद्यपि, यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend