images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक...

प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौंः मंसिर १९, प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं  वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा आज २०८१ साल मंसिर १९ गते बुधबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठज्यूको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।

    images
    images

     
    बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । 
    सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पु¥याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ । उहाँले सेयरधनीहरु माझ भन्नु भयो, यसले दीर्घकालिन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गर्दै लगेको र आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिनुभयो ।

     
    साधारण सभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्जिव मानन्धरज्यूले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी गराउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend