images

२०८३ आश्विन २९ गते

images
images
images

प्रिओपन सेसनमा १९.७२ अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा १९.७२ अंकले बढ्यो नेप्से

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) १९.७२ अंकले बढेको छ । प्रिसेसनमा १९.७२ अंकले बढ्दै नेप्से २७९५.५७ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    यो सेसनमा  सूचकसँगै  कारोबार पनि यसअघिको दिनको तुलनामा उच्च रह्यो । २१ हजार ५९१ कित्ता सेयर किनबेच हुँदा १ करोड १४ हजार रुपैयाँमाथिको भयो ।

    विशेषगरी यो सेसनमा बैंक, विकास बैंक, जलविद्युत र लघुवित्त क्षेत्रका कम्पनीको किनबेच उच्च रह्यो । यो सेसनमा कारोबारमा आएका ९७ कम्पनीमध्ये ७० को मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको स्थिर रह्यो ।

    images
    images

    यसअघि मंगलबार नेप्से १७.८० अंकले बढ्दै २७७५.८५ को बिन्दुमा उक्लिएको थियो । यद्यपि, समग्रमा नेप्से परिसूचक बढेपनि अधिकांश स्क्रीप्टको भने मूल्य घट्यो । सँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घट्यो ।

    यद्यपि, बुधबारको प्रिसेसनले भने सेयर बजारमा उत्साहको संकेत गरेको छ । उच्च अंकले परिसूचक बढ्दै गर्दा कारोबार रकममा भएको बृद्धिले बजार २८ सयको बिन्दुमा उक्लिने सम्भावनालाई दर्शाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend