images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो डिजिटल...

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो डिजिटल डिसेम्बरको छैटौं संस्करण,बैंकका ग्राहकलाई विशेष अफर

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो डिजिटल डिसेम्बरको छैटौं संस्करण,बैंकका ग्राहकलाई विशेष अफर

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने उद्देश्यले सञ्चालन गर्ने वार्षिक अभियानको छैटौं संस्करण सुरु गरेको छ ।

    images
    images

    ‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ लक्ष्मी सनराइजले आफ्नो अभियान सुरु गरेको जनाएको छ ।बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरि डिजिटल बैँकिङ प्रयोग गर्न प्रोत्साहन गर्न अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।

    यस अभियानमा विभिन्न अफरका साथै विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बैंकको भनाइ छ ।

    images
    images

    बैंकका ग्राहकलाई विशेष अफर :

    सरलीकृत कर दाखिला : डिसेम्बर महिनाभरि मोबाइल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन् ।

    सहज बिजुली बिल भुक्तानी : मोबाइल मनी प्रयोगकर्ताले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिनाभरि मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन् ।

    क्रेडिट कार्डमा विशेष अफर : तोकिएकॊ योग्यता पुगेका ग्राहकले डिसेम्बर महिनाभरि क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।लचिलो वित्तीय समाधान : आज किनौं, भोली तिरौं (बीएनपीएल) : क्रेडिट कार्ड ग्राहकले डिसेम्बर महिनाभरि आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिना नै सो भुक्तानीलाई सरल किस्ताबन्दीमा विभाजन गर्न सक्नेछन् ।

    अन्तर-बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका क्यूअर सेवाग्राही व्यवसायीहरूले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् ।साथै  वित्तीय शिक्षा कार्यक्रम अन्तर्गत ‘डिजिटल संवाद’ कार्यक्रम सञ्चालन गरिने छ । अन्य डिजिटल वित्तीय सेवाप्रदायकसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन हुने बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend