images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पहिलो चरणको आईपीओ भोलिदेखि जारी...

पहिलो चरणको आईपीओ भोलिदेखि जारी गर्दै गार्डियन माइक्रो लाइफ

पहिलो चरणको आईपीओ भोलिदेखि जारी गर्दै गार्डियन माइक्रो लाइफ

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि (मङ्सिर १९ गते)देखि सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको छ । 

    images
    images

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको छ।जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन्।

    वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गर्दा बाँकी बसेको खण्डमा बाँकी बसेको आईपीओ समेत जोडी सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ जारी हुनेछ।

    images
    images

    पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend