images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मंसिर २५ गते स्ट्यान्डर्ड चार्टर्ड बैंकको...

मंसिर २५ गते स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा

मंसिर २५ गते स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३८ औँ वार्षिक साधारणसभा मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ । 

    images
    images

    सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

    चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। नियामकीय निकायबाट कुनै फेरबदल गर्ने सुझाव आएमा सोही गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    images
    images

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ६ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend