images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसन : नेप्से दोहोरो...

प्रिओपन सेसन : नेप्से दोहोरो अंकले बढ्यो

प्रिओपन सेसन : नेप्से दोहोरो अंकले बढ्यो

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । प्रिसेसनमा ११.२० अंकले बढ्दै नेप्से २७४९.२६ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    यसअघि जस्ता प्रिसेसनमा कारोबारका हिसाबले वाणिज्य बैंक, विकास बैंक र हाइड्रो हाबी रहे ।

    यो सेसनमा कारोबारमा आएका ७१ कम्पनीमध्ये ३९ को मूल्य बढ्यो भने २७ को मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

    images
    images

    प्रिसेसनमा यसअघिका दिनको तुलनामा उच्च कारोबार भयो । ९२ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ करोड ७ लाख २२ हजार रुपैयाँ बराबर रह्यो । जुन केही दिनयताकै उच्च हो ।

    साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से ९.९९ अंकले घटेको थियो । यद्यपि, सोमबारको प्रिसेसनमा नेप्सेमा उत्साहको संकेत गरेको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend