images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • लक्ष्मी सनराइज क्यापिटलद्वारा ७.७२ करोड बराबरको...

लक्ष्मी सनराइज क्यापिटलद्वारा ७.७२ करोड बराबरको नगद लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलद्वारा ७.७२ करोड बराबरको नगद लाभांश पारित

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आइतबारका सम्पन्न भएको छ ।

    images
    images

    आ.व. २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिई २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी रु.४८,८९,००,००० कायम भएको छ । 

    वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो । त्यस्तै आ.व. २०८१/०८२ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धमा निर्णय गरिएको छ । 

    images
    images

    मर्जर पश्चात् आ.व. २०८०/०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् रु.७,७१,९४,७३६.८० (१५ % कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।

    कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा मिति २०८१/०२/२८ मा १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा इकाई धनीहरूलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात् सोका इकाई धनीहरूलाई रु ११.१४ प्रति इकाईका दरले रकम फिर्ता भुक्तानी गरिएको छ । बाँकी ५ वटा योजनाले आ.व. २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend