काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेको छ ।
आइतबार राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंकहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिनका लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
जसको बोलकबोल आज आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ । आइतबार २ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रूपैयाँले निशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।
उपकरणको ब्याजदर बोकबोलमार्फत नै निर्धारण हुनेछ । भने, साँवा तथा ब्याज भुक्तानी पुस ७ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
गत बुधबार(मंसिर १२ गते)मात्रै राष्ट्र बैंकले १ खर्ब रूपैयाँका निक्षेप संकलन उपकरण जारी गरेको थियो ।





.gif)





