नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनार सहितका विदेशी मुद्राहरुको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजोकै विनियम दरमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुनेछ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा छ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।
विदेशी मुद्राहरुको विनिमयदर





.gif)





