images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • फष्र्ट माइक्रोफाइनान्सले पुस ११ गते बोलायो...

फष्र्ट माइक्रोफाइनान्सले पुस ११ गते बोलायो साधारण सभा

फष्र्ट माइक्रोफाइनान्सले पुस ११ गते बोलायो साधारण सभा

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

    images
    images

    सभाले गत आर्थिक वर्ष ०८०।८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

     कम्पनीको अधिकृत पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँबाट बृद्धि गरी २ अर्ब र जारी तथा चुक्तापूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँबाट बृद्धि गरी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँ पु¥याउने प्रस्ताव पनि सभाले पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्था सँग मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

    images
    images

    सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा मंसिर २० गते बिहीवार सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend