images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमा एकल अंकले बढ्यो...

प्रिओपन सेसनमा एकल अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा एकल अंकले बढ्यो नेप्से

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं ।  प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । ४.८५ अंकले बढ्दै नेप्से २७२१.५२ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    यो सेसनमा ७८ कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

    फाइनान्स, हाइड्रो र माइक्रो फाइनान्स समूहका कम्पनीको सेयर किनबेच भएको यो सेसनमा ८५ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भयो । जुन १३ हजार ८७७ कित्ता सेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।

    images
    images

    सअघि मंगलबार नेप्से ३३.४१ अंकले बढ्दै २७१६.६६ को बिन्दुमा उक्लिएको थियो । सूचक बढ्दै गर्दा कारोबार रकम पनि बढेको थियो । मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको थियो ।

    धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउँदै गर्दा लगानीकर्ता उत्साहित देखिएका थिए । जसको प्रभाव मंगलबार नेप्से बढेको थियो ।जसको निरन्तरता आजको कारोबारमा पनि हुने अपेक्षा गर्न सकिन्छ । प्रिओपन सेसनले पनि जसको संकेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend