images

२०८३ आश्विन १५ गते

images
images
images
  • विमा
  • नेपाल माइक्रो इन्स्योरेन्सकाे लघु बीमासम्बन्धी अभिमुखीकरण...

नेपाल माइक्रो इन्स्योरेन्सकाे लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल माइक्रो इन्स्योरेन्सकाे लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं ।   नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पोखरामा लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images

    कम्पनीले नेपालमा लघु बीमाको आवश्यकता महत्वका बिषयमा जागरण फैलाउने उद्देश्यका साथ कार्यक्रम आयाेजना गरिएको हो ।

    कार्यक्रम उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले जुन ठाउँमा ठूला कम्पनी पुगेका छैनन् ती ठाउँमा बीमा कम्पनी पुर्‍याउने उद्देश्यका साथ लघु बीमा कम्पनी स्थापना गरिएको भएको बताए । बीमाबाट नोक्सान र नाफा दुवै नहुने भन्दै दाहालले यस्ता खालका कार्यक्रम सबै कम्पनीले गर्नुपर्ने बताए ।

    images
    images

    यस्ता गतिविधिमा प्राधिकरणको सधैँ साथ रहने बताए । प्राधिकरणले पनि गण्डकी प्रदेशमा बीमा सचेतनका कार्यक्रम गर्दै आएको उनले बताए ।

    कृषि बिकास बैंकका प्रदेश प्रमुख घनेन्द्र अधिकारीले यस्ता प्रकृतिका कार्यक्रम कृषि बिकास बैँकले आयोजना गर्नुपर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स् कम्पनीले गरेकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा सँगै सहकार्य गरेर जाने प्रतिबद्दता जनाए ।

    लघु बीमाको क्षेत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी अग्रणी स्थानमा रहेको भन्दै उनले कम्पनीलाई सशक्त ढंगले अघि बढाउन आग्रह गरे ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले सिमान्तकृत समुदाय तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कम्पनीले देशैभरी शाखा विस्तार गरेको जानकारी दिए ।

    नेपाल माइक्रो इन्स्यारेन्स कम्पनी सधैँ ग्राहकको पक्षमा हुने भन्दै उनले बिना झन्झट, छिटोछरितो तरिकाले सेवा दिएको र सोही अनुरुप दावी भुक्तानी गरेको उनले स्पष्ट पारे ।

    समापन कार्यक्रममा पनि उनले कार्यक्रम सोचे भन्दा धेरै राम्रो भएको, आगामी दिनमा बैँक तथा वित्तीय संस्थासँग अझ प्रगाढ सम्बन्ध बनाई अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

    अन्तरक्रियाका क्रममा सहभागीबाट उठेका जिज्ञाशामा कार्यकारी अधिकृत रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनीलराज गिरी र प्रबन्धक प्रयास श्रेष्ठले संवोधन गरेका थिए ।नायब प्रमुख कार्यकारी अधिकृत कम्पनीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा चर्चा गरेका थिए ।कम्पनीका प्रबन्धक प्रयास श्रेष्ठले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

    कार्यक्रममा पोखरास्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा कर्जा प्रमुख सहभागी थिए ।कार्यक्रममा डेभलपमेन्ट एलायन्स नेपालले समन्वय गरेको कम्पनीका पोखरा शाखा प्रमुख श्रीकृष्ण पौडेलले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend