images

२०८३ मंसिर १२ गते

images
images
images

१ लाख ५० हजार घुस लिएको आरोपमा कृष्णनगरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ लाख ५० हजार घुस लिएको आरोपमा कृष्णनगरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख (करार इन्जिनियर) प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको दाबीसहित आयोगले शुक्रबार  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।आयोगका अनुसार चौधरीले पदको दुरुपयोग गर्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिई कमिसन तथा घुस मागेका थिए । भुक्तानीका विषयमा अनुचित लेनदेन गरेको, ह्वाट्सएपमा कुराकानी गरेको र मोबाइल बैंकिङमार्फत रकम पठाएको प्रमाणसहित उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।

    images
    images

    अनुसन्धानका क्रममा चौधरीले सेवाग्राहीबाट कुल १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले दाबी गरेको छ । उनले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ फोनपेमार्फत बैंक खातामा लिएका थिए ।आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा डेढ लाख रुपैयाँ बिगो कायम गरेको छ ।उक्त बिगो बराबरको जरिवाना र कसुरअनुसार कैद सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend