images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • इलामका दुई बेलिब्रिजमा २० टनभन्दा बढी...

इलामका दुई बेलिब्रिजमा २० टनभन्दा बढी भारका सवारी निषेध

इलामका दुई बेलिब्रिजमा २० टनभन्दा बढी भारका सवारी निषेध

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय इलामले पुवाखोला र बेलासे बेलिब्रिजको संरचनामा क्षति पुगेको भन्दै सवारी सञ्चालनमा कडाइ गरेको छ ।कार्यालयले शुक्रबार जरुरी सार्वजनिक सूचना जारी गर्दै पुलको भारवहन क्षमता घटाएर अधिकतम २० टन कायम गरिएको जनाएको छ ।

    images
    images

    सडक डिभिजन इलामको मंसिर १० गतेको पत्र तथा प्राविधिक टोलीको स्थलगत निरीक्षणका क्रममा पुलको निर्धारित क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन गर्दा संरचनामा स्थायी क्षति पुगेको पाइएको प्रशासनले जनाएको छ । एकैपटक एकभन्दा बढी सवारी साधन सञ्चालन हुँदा पनि पुलमा क्षति पुगेको सूचनामा उल्लेख छ ।संभावित दुर्घटनाको जोखिम कम गर्न प्रशासनले ट्रक व्यवसायी तथा सरोकारवालालाई तोकिएको नियम पालना गर्न निर्देशन दिएको छ ।

    नयाँ व्यवस्थाअनुसार पुलमा एकपटकमा एउटा मात्र सवारी साधन सञ्चालन गर्न पाइनेछ । एउटा सवारी साधन पुल पार नगर्दासम्म अर्को सवारी प्रवेश गर्न वा गराउन पाइने छैन । त्यस्तै, २० टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । पुलमा सवारी साधनको अधिकतम गति प्रतिघण्टा १० किलोमिटर कायम गरिएको छ ।प्रशासनले जिल्लाभित्रका अन्य पुलमा समेत तोकिएको अधिकतम भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन नगर्न सचेत गराएको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend