images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • फ्राईडे रिलिजमा आजदेखि दुई नेपाली फिल्म...

फ्राईडे रिलिजमा आजदेखि दुई नेपाली फिल्म ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा

फ्राईडे रिलिजमा आजदेखि दुई नेपाली फिल्म ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आजबाट दुई नयाँ फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘सारथी’ र ‘ककाकिकी’ । यी दुवै फिल्म एकसाथ देशभर रिलिज भएका हुन् । एक अर्काेसँग प्रतिस्पर्धा गर्दै आएका यी दुवै फिल्मले देशभरको फिल्म हलभने पाएका छैनन् । किनभने अघिल्ला साताहरुमा प्रदर्शनमा आएका ‘बाटुलो जुन’, ‘कबड्डी ५’लगायत केही फिल्मले अझै  धेरै स्टेशन ओगटेका छन् ।

    images
    images

    सारथी:

    कुमार गजुरेल निर्देशित ‘सारथी’मा लामो समयपछि ‘दर्पणछाया’ जोडी निरुता सिंह र उत्तम प्रधान अभिनयमा देखिएका छन् । कुनै समय दर्शकको मन जित्न सफल यो जोडीको पुनर्मिलनले पुराना नेपाली सिनेमाका दर्शकमा समेत विशेष उत्सुकता थपेको छ । म्याग्दीको सुन्दर तर विकट गुर्जा गाउँको परिवेश र त्यहाँको जीवनकथालाई समेटेर निर्माण भएको ‘सारथी’ले स्थानीय जनजीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतारेको बताइन्छ ।फिल्ममा निरुता र उत्तमको अलवा गायत्री जोशी, गिरी विश्वकर्मा, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याललगायतको अभिनय छ ।किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् ।

    images
    images

    ककाकिकी:

    बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।कमेडि कथामा निर्माण भएको फिल्मको श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता हुन् । फिल्म बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend