images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • चितवनका ८३ भूमिहीन तथा अव्यवस्थित बसोबासी...

चितवनका ८३ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारले पाए जग्गाधनी पुर्जा

चितवनका ८३ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारले पाए जग्गाधनी पुर्जा

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • चितवन । जिल्लाका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।गत जेठ २५ गते समिति गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा प्राप्त गरेका छन् ।

    images
    images

    यसैगरी, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि पुर्जा वितरण गरिएको छ । चितवनमा विभिन्न समयमा गठित आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।हाल कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले पुर्जा तयार भइरहेको छ । जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा बढीले आवेदन गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend