images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • मकवानपुर, धादिङ र सिन्धुलीमा ८ बिघा...

मकवानपुर, धादिङ र सिन्धुलीमा ८ बिघा ५ कठ्ठा क्षेत्रफलको गाँजा खेती नष्ट

मकवानपुर, धादिङ र सिन्धुलीमा ८ बिघा ५ कठ्ठा क्षेत्रफलको गाँजा खेती नष्ट

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • मकवानपुर । बागमती प्रदेश प्रहरीले मकवानपुर, धादिङ र सिन्धुलीमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरेको छ । एक साताको अवधिमा तीन जिल्लाका विभिन्न स्थानमा गरी ८ बिघा ५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार मंसिर १ देखि ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा ९५ जना प्रहरी परिचालन गरिएको थियो । लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै गाँजा खेती फडानी गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

    images
    images

    प्रहरीका अनुसार सबैभन्दा धेरै मकवानपुरमा ५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । त्यस्तै, धादिङमा २ बिघा १२ कठ्ठा र सिन्धुलीमा १३ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरिएको हो ।गाँजा खेती फडानीका लागि मकवानपुरमा ५०, धादिङमा २० र सिन्धुलीमा २५ जना प्रहरी परिचालन गरिएको थियो । तीन जिल्लामा गरी कुल ९५ जना प्रहरी अभियानमा सहभागी भएका थिए ।बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद धमलाले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत उच्च जोखिम क्षेत्र पहिचान गरी गाँजा खेती फडानीलाई निरन्तरता दिइएको जानकारी दिए । प्रहरीले खेती फडानीसँगै जोखिमयुक्त क्षेत्रको पहिचान र निगरानीलाई समेत प्राथमिकता दिएको छ ।उनका अनुसार लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजनाअनुसार

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend