images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • जाडो छल्न चितवन झर्न थाले विदेशी...

जाडो छल्न चितवन झर्न थाले विदेशी पाहुना चरा, १०० भन्दा बढी प्रजाति नेपाल आइपुगे

जाडो छल्न चितवन झर्न थाले विदेशी पाहुना चरा, १०० भन्दा बढी प्रजाति नेपाल आइपुगे

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • चितवन । जाडो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्रबाट चरा तराई झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा देखिन थालेका छन् ।जाडो छल्न हाँस प्रजातिका चरासहित बाज, चिललगायतका चरा यहाँ आएका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिए ।

    images
    images

    उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस यहाँका नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालेका छन् । अहिले कतिपय चरा आइसकेका र कतिपय आउन बाँकी रहेको उनले बताए । नेपालकै पहाडी क्षेत्रबाट समेत चिसो छल्न चरा चितवन आउने गरेका छन् ।बिडारीका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चरा छन् ।त्यस्तै, सुडसुडिया प्रजातिका वनमा आश्रित चरा आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज पर्ने उनले बताए । उनले भने, “चिसो छल्न र आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

    नेपालमा १२० देखि १८० प्रजातिका चरा आगन्तुकका रूपमा आउने गरेको बताउँदै उनले अहिलेसम्म एक सयभन्दा बढी प्रजातिका चरा आइसकेको बताए । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए ।पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुने भएकाले चरालाई आहार खोज्न पर्याप्त समय नहुने हुँदा ती चरा दक्षिणतर्फ आउने गरेको उनले बताए । पाँचदेखि सात हजार किलोमिटर टाढाबाट यहाँ चरा आउने गरेको उनको भनाइ छ ।विशेषगरी सिमसार, घाँसेमैदान, वन तथा खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ९०४ प्रजातिका चरा पाइन्छन् । चितवनमा ६५२ प्रजातिका चरा अभिलेख भएका छन् ।चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदी तथा आसपासका सिमसार क्षेत्र जलपक्षीका लागि उपयुक्त बासस्थान मानिन्छन् । निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन चराका लागि उपयुक्त विचरण क्षेत्र हुन् ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend